पुस १५, २०८२ बुधबार | ०८:४८:४९
एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो
शनिबारको दिन आइसिसी ट्वान्टी–२० विश्वकप

ट्वान्टी-२० विश्वकप समूह ‘ए’ मा भारत र पाकिस्तानकै भिडन्त

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेटको जुन २ बाट अमेरिका र वेीट इन्डिजमा आयोजना हुँदै छ । पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडाको सामना गरेपछि विश्वकप आधिकारिक रूपमा सुरु हुन्छ ।

समूह ‘ए’ का खेलहरू अमेरिकामै हुनेछ । आयोजक अमेरिका र क्यानडासहित आयरल्यान्ड र विश्व क्रिकेटका महारथी देशहरू भारत र पाकिस्तान पनि यही समूहमा छ ।

समूह ‘ए’ बाट समान एक/एक पटकको च्याम्पियन भारत र पाकिस्तानलाई नै अर्काे चरणमा पुग्ने अनुमान गरिएको छ ।

क्रिकेट अमेरिकामा खासै नरुचाइएको खेल हो । त्यसैले पनि विश्वकप हुने एक वर्षअघि मात्रै मुख्य रंगशाला बनाउन सुरु गरिएको थियो । त्यो पनि भारत र पाकिस्तानबीचको खेललक्षित गरी बनाइएको हो ।

भारत र पाकिस्तानबीचको खेल विश्व क्रिकेट खुबै रुचाइन्छ र धेरै चासोको विषय बन्ने गरेको छ । भारत र पाकिस्तानबीचको राजनीतिक द्वन्द्वलाई मैदानमा पनि जोडिने गरिन्छ ।

समूह ‘ए’ बाट समान एक/एक पटकको च्याम्पियन भारत र पाकिस्तानलाई नै अर्काे चरणमा पुग्ने अनुमान गरिएको छ । आयरल्यान्ड दुई राष्ट्रको तुलनामा औसत छ । आयरल्यान्डले भारत र पाकिस्तानलाई चुनौती दिने देखिन्छ । आयोजक अमेरिका र क्यानडा समूहका कमजोर टोली हुन् ।

भारतले सन् २००७ को विश्वकप जितेको थियो । फाइनलमा पाकिस्तानलाई ५ रनले हराएको हो । पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको हो । फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तान पहिलो पटक उपाधि जित्न सफल भएको थियो ।

जुन ९ मा भारत र पाकिस्तानबीच खेल हुँदा जुन ११ मा पाकिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुने तालिका छ । भारत र अमेरिकाको खेल भने जुन १२ मा हुनेछ ।  यसैगरी अमेरिका र आयरल्यान्डबीच जुन १४ तथा भारत र क्यानडाबीचको खेल जुन १५ मा हुने तालिका छ । यो समूहको अन्तिम खेलमा भारत र आयरल्यान्ड जुन १६ मा भिड्नेछन् ।  

भारतले रोहित शर्माको कप्तानीमा विश्वकप खेल्नेछ । टोलीमा विराट कोहली, हार्दिक पाण्डे्य, ऋषभ पन्त, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराहलगायत छन् । रिजर्भ खेलाडीमा शुभमन गिल, रिन्कु सिंह र आभेष खान छन् ।

हालसम्म पाकिस्तानले टोली घोषणा गरेको छैन । तर, बाबर आजमको कप्तानीमा खेल्ने पक्का छ । पछिल्लो महिनामात्रै पाकिस्तान क्रिकेट बोर्डले बाबरलाई कप्तानी जिम्मेवारी दिएको छ । हरिश रौफ, इफ्तिखर अहमद, मोहम्मद रिजवान, सहिन साह अफ्रिदी, नसिम साहको टोलीमा स्थान बनाउने सम्भावना निकै बलियो छ ।  

आयरल्यान्डको कप्तानमा पाउल स्टर्लिङ छन् । आन्द्रे बालबिर्नी, जर्ज डोक्रे, ह्यारी टेक्टर, लोर्कनल टकेर लगायत खेलाडी आयरल्यान्ड टोलीमा छन् । क्यानडाको कप्तानमा साद विन जाफर छन् । टोलीमा उनीसँगै आरोन जोन्सन, डिलोन हेलिगर, हर्स थाकेर, कलिम साना, निकोलस किर्टन र रविन्द्रर सिंहलगायत छन् ।

अमेरिकाको कप्तानमा मोनान्क पटेल छन् । आरोन जोनेस, आन्द्रेस गोउस, अलि खान, हर्मित सिंह, नितिश कुमार र स्टेभन टेलरलगायत छन् ।

क्यानडा र अमेरिकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दा जुन ५ मा भारत र आयरल्यान्ड खेल्नेछन् । अमेरिका र पाकिस्तानबीच जुन ६ मा खेल हुँदा जुन ७ मा क्यानडा र आयरल्यान्ड प्रतिस्पर्धा गर्नेछन् ।

जुन ९ मा भारत र पाकिस्तानबीच खेल हुँदा जुन ११ मा पाकिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुने तालिका छ । भारत र अमेरिकाको खेल भने जुन १२ मा हुनेछ। यसैगरी अमेरिका र आयरल्यान्डबीच जुन १४ तथा भारत र क्यानडाबीचको खेल जुन १५ मा हुने तालिका छ । यो समूहको अन्तिम खेलमा भारत र आयरल्यान्ड जुन १६ मा भिड्ने छन् ।