माघ १५, २०८२ बिहीबार | १४:४८:३६
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

प्रकाश दाहाल स्मृति भलिबलः हेटौंडा र माडीको विजयी सुरुआत

सांकेतिक तस्विर

ललितपुर । हेटौंडा उपमहानगरपालिका र माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार उद्घाटन गरेको प्रतियोगितामा हेटौंडाले घरेलु टोली महांकाल गाउँपालिकालाई २५-२०,१९-२५,१५-७ ले हरायो । अर्को खेलमा माडीले बेथानचोक गाउँपालिकालाई २५-२१,२२-२५,१६-१४ ले पराजित गर्यो ।

प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता २५ बैशाखसम्म हुने छ ।

प्रतियोगितको विजेताले ३ लाख, उपविजेताले २ तथा सेमिफाइनलबाट बाहिरिने टोलीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । यसैगरै विधागत उत्कृष्टले  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्राङ्गणमा हुनेछ  । प्रतियोगितामा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रिय रेफ्री श्रीराम बोगटीले जानकारी दिए ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्((राखेप) र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग छ । यसैगरी नेपाल भलिबल संले प्राविधिक सहयोग गरेको प्रतियोगितामा ललितपुर जिल्ला खेलकुद विकास समिति सहआयोजक रूपमा छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।