काठमाडौं । प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको छ ।
सोमबारको खेल सकिएसँगै घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाले अन्तिम चारमा स्थान पक्का गरे ।
सेमिफाइनलमा महांकाल र थाहा तथा हेटौंडा र ह्याङले भिड्नेछन् ।
राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार महांकालले बागमती गाउँपालिकालाई २५-२२, २९-२९ ले हरायो । थाहाले माडी नगरपालिकालाई २५-१७,२५-२१ ले पराजित गर्यो ।
हेटौंडाले खाँडादेवी गाउँपालिकालाई २५-१२, २५-१६ ले निरास बनायो । अर्को खेलमा ह्याङलेले गाकर्णेश्वर नगरपालिकालाई २५-२३, २९-२७ ले हरायो।
प्रतियोगिताको सेमिफाइनल र फाइनल मंगबार हुनेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
