मैत्रीपूर्ण खेल

इङ्ल्यान्ड ‘सी’ को सामना गर्दै नेपाल

फाइल तस्विर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले सोमबार इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्दै छ।अल्डरसट टाउन एफसीको इबिबी रंगशालामा खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु  हुनेछ। 

नेपालले यसअघि शनिबार ब्रिटिस आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीस्वरुप नेपाली टोली बेलायत पुगेको हो ।

नेपालले यही जेठ २४ गते घरेलु मैदान, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युएईको सामना गर्दैछ । यसअघिका चारै खेल गुमाएको नेपाल विश्वकप पुग्ने सम्भावना समाप्त भइसकेको छ । युएईपछि नेपालले जेठ २९ गते घरेलु टोली यमनविरुद्ध अन्तिम खेल खेल्नेछ । खेल अहमद बिन अली रंगशालामा हुनेछ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु ( कप्तान), अभिषेक बराल, विशाल सुनार

रक्षकः छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द

मिडफिल्डरः फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लाकेन लिम्बु

फरवार्डः दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट