इटालियन सिरी ए

रोमा र युभेन्ट्सको बराबरी

काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा रोमा र युभेन्ट्सले १–१ को बराबरी खेल्दै अंक बाढेका छन् ।

ओलम्पिक मैदानमा घरेलु टोली रोमाले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । खेलको १५औं मिनेटमा रोमेलु लुकाकुले १–० को अग्रता बनाएका हुन् ।

पहिलो हाफमै भ्रमणकारी टोली युभेन्ट्सले खेल बराबरीमा ल्याएको हो । ३१औं मिनेटमा ग्लेसन ब्रेमरले गोल गरे । उनले फेडेरिको चिइसाको पासमा गोल गरेका हुन् ।

यससँगै युभेन्ट्स ३५ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट ६० अंकसहित रोमा पाचौँ स्थानमा रह्यो । ८९ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा रहँदै यसअघि नै च्याम्पियन भइसकेको छ ।