काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक जाभीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
४४ वर्षीय जाभीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए तर क्लबका अध्यक्ष जोन लापोर्टाको आग्रहमा उनी थप एक वर्ष क्लबमै बस्न सहमत भएका थिए ।
यद्यपि, हालैको पत्रकार सम्मेलनमा जाभीको टिप्पणीले बोर्डलाई क्रोधित बनाएको छ। उनको स्थानमा ‘बी’ टिमका म्यानेजर राफेल मार्केजले जिम्मेवारी पाउने सम्भावना छ।
अल्मेरियाविरुद्ध बुधबारको खेलअघि जाभीले लिग प्रतिद्वन्द्वी रियाल मड्रिड र युरोपका अन्य शीर्ष टोलीहरूसँग आर्थिक रूपमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताएका थिए ।
जाभीले सन् २०२१ मा कतारी क्लब अल साद छोडेर बार्सिलोनाको जिम्मेवारी सम्हालेका थिए । जाभीको प्रशिक्षणमा बार्सिलोना २०२२/२३ को सिजन स्पेनिस ला लिगा च्याम्पियन बनेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
