माघ ३, २०८२ शनिबार | ०९:४८:४६
युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी विश्वकपमा पुग्न १० देशका महिला क्रिकेटर नेपाली भूमिमा भिड्दै मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो चासो नभएको राष्ट्रिय लिगमा छैन उत्साह एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

पीडामा म्यानचेस्टर सिटी कि आर्सनल ?

काठमाडौं । स्पेनमा रियाल मड्रिड । इटालीमा इन्टर मिलान । जर्मनीमा बायर लेभरकुसन अनि फ्रान्समा पेरिस सेन्ट जर्मन (पिएसजी) । इङ्ल्यान्डमा चाहिँ कुन त ?

इङ्लिस प्रिमियर लिगको मज्जा भन्नु नै यही हो, एकै चरणको खेल बाँकी छँदा पनि लिग कसले जित्ने हो, त्यो ठ्याक्कै टुंगो लाग्न सकेको छैन । भोलि आइतबार लिगको अन्तिम चरणको खेल हुनेछ । त्यो भनेको ३८ औं चरणको खेल । त्यसमा म्यानचेस्टर सिटीले वेस्ट ह्यामको सामना गर्नेछ ।

पूरा सिजनजस्तै नै हो आर्सनल अगाडि रहेको । तर अन्त्यतिर टोलीले लय गुमायो । यस्तोमा सिटीले उपाधिमा ह्याट्रिक ग¥यो । त्यतिबेला आर्सनललाई अथाह पीडा भएको थियो, अन्त्यमा उपाधिबाट विमुख हुनुपरेकामा ।

आर्सनल भने एभरटनसँग भिड्ने छ । सबैभन्दा पहिले अंकतालिकातिर जाऔं ।  लगातार तीनपल्टको च्याम्पियन सिटी ८८ अंकमा शीर्षस्थानमा छ । आर्सनल २ अंक पछाडि रहेर दोस्रोमा छ । सिटीले अन्तिम दिनको खेल जित्यो भने उपाधि स्वतः उसकै हुनेछ । बराबरी गर्यो भने आर्सनलको नतिजा कुर्नुपर्नेछ । आर्सनल पराजित भयो भने पनि उपाधि स्वतः सिटीकै हुनेछ । सिटी हार्छ र आर्सनल जित्छ भने स्थिति अर्कै हुनेछ ।

त्यो भनेको उपाधि आर्सनलले जित्नेछ । कुरा यही हो । पछिल्लो सिजनको कथा पनि यस्तै थियो । आर्सनलले अन्तिम समयसम्म पनि बलियो न बलियो चुनौती दिएको थियो, तर उपाधि सिटीले जित्यो । अन्त्यमा ५ अंकको अन्तर रह्यो ।

पूरा सिजनजस्तै नै हो आर्सनल अगाडि रहेको । तर अन्त्यतिर टोलीले लय गुमायो । यस्तोमा सिटीले उपाधिमा ह्याट्रिक ग¥यो । त्यतिबेला आर्सनललाई अथाह पीडा भएको थियो, अन्त्यमा उपाधिबाट विमुख हुनुपरेकामा ।

यस्तो पूरापूर सम्भावना छ, यसपल्ट पनि पीडा, दुःख सबै कसैको भागमा हुन्छ भने त्यो आर्सनलकै हुनेछ । केही साता अगाडिसम्म पनि उपाधिको होड त्रिकोणात्मक थियो । सिटी र आर्सनलसँग लिभरपुल पनि थियो यो होडमा । तर लिभरपुलले पनि निर्णायक मोडमा लय गुमायो । 

अब त सिटीसामु लगातार चौथोपल्ट उपाधि जित्ने अवसर छ । इङ्ल्यान्डको माथिल्लो डिभिजनको सय वर्षभन्दा पुरानो इतिहासमा अहिलेसम्म कुनै पनि टिमले लगातार चारपल्ट उपाधि जितेको छैन ।

यस्तोमा पेप ग्वार्डिओलाको सिटीले यसपल्ट पनि उपाधि जित्छ भने त्यो त अद्वितीय उपलब्धि हुनेछ । फेरि अहिले टिम जुन किसिमको लयमा छ, सिटी रोकिने छाँट छैन । उपाधिको समीकरण पनि सिटीकै हातमा छ, जिते पुग्यो ।

यस्तो पूरापूर सम्भावना छ, यसपल्ट पनि पीडा, दुःख सबै कसैको भागमा हुन्छ भने त्यो आर्सनलकै हुनेछ । केही साता अगाडिसम्म पनि उपाधिको होड त्रिकोणात्मक थियो । सिटी र आर्सनलसँग लिभरपुल पनि थियो यो होडमा । तर लिभरपुलले पनि निर्णायक मोडमा लय गुमायो । 

उपाधिबाट टाढा पुग्यो । लिभरपुल तेस्रोमै रहने भयो । सिटीले आफ्नो अन्तिम दोस्रो खेलमा टोटनहमलाई हराएको थियो । त्यसको अर्थ हो, एस्टन भिल्ला चौथोमा रहेर युरोपेली च्याम्पियन्स लिगका छनोट भएको छ ।