चैत्र ११, २०८१ सोमबार | १०:०५:३०
चेल्सीले म्यानचेस्टर सिटीलाई हरायो एन्फा कार्यसमिति बैठक आज बस्दै इटाली क्वार्टरफाइनलबाटै बाहिरियो डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा, बाहिरिए क्रोएसिया र नेदरल्यान्ड्स चेन्नईको विजयी सुरुआत मंगल महर्जनलाई यु-१९ टाेलीकाे सहायक प्रशिक्षकको जिम्मेवारी नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो पुलिस इशान किशनको शतकप्रेरित हैदराबादको सानदार सुरुआत चेल्सीले म्यानचेस्टर सिटीलाई हरायो एन्फा कार्यसमिति बैठक आज बस्दै इटाली क्वार्टरफाइनलबाटै बाहिरियो डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा, बाहिरिए क्रोएसिया र नेदरल्यान्ड्स चेन्नईको विजयी सुरुआत मंगल महर्जनलाई यु-१९ टाेलीकाे सहायक प्रशिक्षकको जिम्मेवारी नेपाल कराते महासंघले दियाे एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनाम चर्च ब्वाइज सेमिफाइनलमा, बाहिरियो पुलिस इशान किशनको शतकप्रेरित हैदराबादको सानदार सुरुआत

‘एसियाडमा नेपाल’ पुस्तक विमोचन

काठमाडौं । नेपाली खेलकुदले प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्ने अभियानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  पुस्तक ‘एसियाडमा नेपाल’ प्रकाशन गरेको छ ।

चीनको हाङचाउमा सम्पन्न १९औं एसियाली खेलकुदमा केन्द्रमा राखेर प्रकाशन गरिएको पुस्तक शुक्रबार धुलिखेलमा आयोजित कार्यक्रममा विमोचन गरियो ।

राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रमको उद्घाटनका क्रममा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले संयुक्तरुपमा उक्त पुस्तकको विमोचन गरेका थिए ।

मन्त्री श्रेष्ठले खेलकुदको अभिलेख राख्ने कार्य महत्वपूर्ण रहेको भन्दै ‘एसियाडमा नेपाल’ पुस्तक आउनु सराहनीय भएको बताए । उनले आफ्ना खेलाडी, प्रतियोगितासहितका गतिविधिलाई हरेक संघले अझ डिटिजलको माध्यमबाट अभिलेखीकरण गर्न सके भविष्यमा नेपाली खेलकुद विकासमा त्यसले ठूलो भूमिका खेल्ने धारणा राखे ।

राखेपका सदस्यसचिव घिसिङले नेपाली खेलकुदलाई लिपिबद्ध गर्ने कार्यलाई राखेपले प्राथमिकता दिएको बताए । उनले नवौं राष्ट्रिय खेलकुद, वार्षिक दर्पण प्रकाशन गरिसकिएको र तेस्रो प्रकाशनको रुपमा एसियाली खेलकुदलाई समेटिएको यस पुस्तक तयार गरिएको बताए ।

आउने दिनमा पनि प्रकाशन कार्यलाई निरन्तरता दिने बताउँदै उनले डिजिटलको माध्यमबाट पनि आफ्नो गतिविधिलाई प्रकाशन र प्रशारण गरिरहेको जानकारी गराए ।

राखेप प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहालले १९औं एसियाडलाई केन्द्रविन्दुमा राखेर नेपालको अहिलेसम्मको एसियाड सहभागिता, पदक जितेको इतिहास, रजत पदक विजेता खेलाडीहरुको अनुभव, चौथो पारा एसियाली खेलकुदका बारेमा विस्तृत विवरण समावेश गरिएको जानकारी गराए ।

उनले हरेक संघले आफ्नो गतिविधिलाई यस्तै पुस्तकबाट माध्यमबाट लिपिबद्ध गर्न आह्वान पनि गरे । पुस्तक लेखनमा खेलपत्रकार ध्रुवकुमार तुलाधर र गोविन्दराज नेपालले सहयोगी भूमिका खेलेका थिए । 


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC