काठमाडौं । आर्सनल र म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रोबिन भान पर्सी डच शीर्ष डिभिजन टोली हिरेनभिन एफसीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
४० वर्षीय भान पर्सी दुई वर्षको सम्झौतामा हिरेनभिन पुगेका हुन् । उनले आगामी सिजनदेखि जिम्मेवारी सम्हाल्ने छन् ।
हालका प्रशिक्षक केइस भान वन्डरेनले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेपछि क्लबले भान पर्सीलाई भित्र्याएको हो ।
सन् २०१९ मा संन्यास लिएपछि डच स्ट्रडाइक भान पर्सी फेयनुर्डको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । यसैगरी भान पर्सीले फेयनुर्डको अन्डर १८ र अन्डर(१९ टोलीको पनि जिम्मेवारी सम्हालेका छन्
भान पर्सीले सन् २००४ देखि २०१२ सम्म आर्सनल तथा २०१२ देखि २०१५ सम्म म्यानचेस्टर युनाइटेडका लागि खेलेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
