एनभिए महिला तथा पुरुष भलिबल लिग

एनभिए लिग जेठ तेस्रो सातादेखि हुने

काठमाठौं । प्रधानमन्त्री कप, एनभिए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिताको आठौं संस्करण आगामी जेठ १९ देखि २६ सम्म हुने भएको छ ।

नेपाल भलिबल संघले आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी दियो ।

प्रतियोगितामा गत चैत्र ३ देखि १० गतेसम्म आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट छनोट भएका आठ पुरुष र ६ महिला गरी १४ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ८ लाख, ४ लाख र २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी विधागततर्फ सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान ५० हजार, उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ पाउनेछन् ।

हरेक टोलीले तीन विदेशी खेलाडीलाई राख्न सक्ने प्रावधान  छ ।

 पुरुषतर्फ हेल्प नेपाल  स्पोर्टस, क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबको सहभागिता रहने छ ।

महिलातर्फ नेपाल पुलिस क्लब , एपिएफ क्लब,  न्यु डायन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब, बुटवल र कर्णाली प्रदेशको सहभागिता रहने छ ।