महिला लिग छनोट

कोशी महिला लिगमा छनोट

तस्विरः एन्फा

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा आफ्नो स्थानमा सुरक्षित गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा जारी छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरीमा रोकिए पनि कोशी मुख्य प्रतियोगिताका लागि छनोट भयो ।

तस्विरः एन्फा

जारी प्रतियोगितमा पहिलो बारबरीको नतिजा निकालेको कोशी पाँच खेलमा १३ अंकका साथ शीर्ष स्थानमा छ । मधेश समान खेलबाट सात अंकका साथ चौथो स्थानमा छ ।

आइतबार नै सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ४ १ को सहज जित निकाल्यो ।