सहिद स्मारक ‘सी’ डिभिजन लिग

बराबरीमा रोकिए बागमती र झम्सिखेल

तस्विरः एन्फा

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आइतबार बागमती युवा क्लब र झम्सिखेल युवा क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुवै टोलीको पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यो नतिजासँगै पाँच खेलमा आठ अंक जोडेको बागमती पाँचौं स्थानमा छ । झम्सिखेल समान खेलबाट चार अंकका साथ १०औं स्थानमा छ ।

तस्विरः एन्फा

आइतबार नै सम्पन्न खेलमा महावीर क्लबले ले स्पोर्टस एकेडेमी साँगालाई १-० ले पराजित गर्यो । खेलको ६७औं मिनेटमा सन्दीप श्रेष्ठले पेनाल्टीमार्फत गरेको एक मात्र गोल महावीरलाई जित दिलाउन पर्याप्त बन्यो ।