वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो

सुष्मालाई जापानमा स्वर्ण

वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता

काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २०औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

नेपाललाई एकमात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजीमुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२-९, ३-० ले हराइन् ।

जापानको ओसाका शहर, साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, ६ रजत र चार कांस्य पदकसहित कूल ११ पदक हासिल गर्यो । न

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजत पदक जिते । ७४ केजी मुनि तौल समूहमा महराले जापानका कुरोडा कोहेलाई हराएर फाइनलमा स्थान बनाएका थिए । तर महरा उपाधि भिडन्तमा जापानकै ताकाटो काटोसँग ८-१७, ५-४ स्तब्ध भए ।

यसैगरी श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत पदक जितेका छन् । ८७ केजी मुनिमा श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथिमा निरज जापानका मिनागावा तोरु र राहुल जापानका साइतो सोसँग पराजित भए । महिला ७३ केजी मुनिमा शानी जापानकै उमेकावा आयोमीसँग पराजित भइन् ।

क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग पराजित रौनकले रजत पदक हात पारे । यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले कांस्य पदक जितेका छन् ।

जापान वाटाको आयोजना तथा अल जापान तेक्वान्दो संघ र ओसाका तेक्वान्दो संघको सहयोगमा आयोजित दुई दिने प्रतियोगितामा २४ देशको सहभागिता थियो ।