राष्ट्रिय तेक्वान्दो संघ

राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ

विराटनगर । राष्ट्रिय तेक्वान्दो संघ, मोरङको तेस्रो साधणसभा सम्पन्न भएको छ । साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गर्यो ।

यस्तै साधरणसभाले उपाध्यक्षमा दिनेश पौडेल र मुक्तिबाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारिका रेग्मी, सहसचिव राजिव गौतम र कोषाध्यक्षमाअस्मिता तामाङ चयन भए ।

सदस्यमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि तामाङ, नमिरा शेख, गौतमकुमार मण्डल चुनिए ।

साधरणसभामा जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्रकुमार योञ्जन तामाङ, संघका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संयोजक ज्ञानेन्द्रबहादुर विश्वकर्मा, जिल्ला खेलकुद विकास समिति मोरङका सदस्य सरस्वती घिमिरेलगायतको उपस्थिति थियो ।