सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः चौतारा सेमिफाइनलमा

लामोसाँघु । विशालजंग रायमाझी (जंगे)को ह्याट्रिकप्रेरित चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक जिल्ला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा आइतबार चौताराले न्यु जेनेरेसन क्लबलाई ५-० पराजित गर्यो ।

चौतारालाई जित दिलाउन विशालले ह्याट्रिक पूरा गर्दा भीमबहादुर गुरुङ र टिकाराम लोप्चनको नाममा समान एक गोल रह्यो।

खेलको छैटौँ मिनेटमा नै विशालको गोलमार्फत चौताराले अग्रता लियो । २१औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

भीमले ६२औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।  तीन मिनेटपछि नै  मिनेटपछि नै टिकारामले गोल गर्दै चौताराको अग्रता ४-० मा पुर्याए ।

इन्जुरी समयमा विशालले ह्याट्रिक पूरा गर्दा चौतारा ५-० ले विजयी भयो। जितसँगै समूह ‘ए’ मा चौताराले दुई खेलबाट ६ अंक जोड्यो।

चौताराले पहिलो खेलमा साँगाचोक युथ क्लबलाई ४-२ ले पराजित गरेको थियो।