फ्रेन्च लिग वान

पिएसजीलाई फ्रेन्च लिगको उपाधि

काठमाडैं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

आइतबार राति दोस्रो स्थानको मोनाको लिओनसँग ३–२ ले पराजित भएपछि शीर्ष स्थानको पिएसजीले १२ अंकको अग्रता बनाउँदै उपाधि जितेको हो ।

पिएसजीले पछिल्लो ११ वर्षमा १० पटक फ्रेन्च लिगको उपाधि उचालेको छ । क्लब इतिहासमा जितेको यो ५०औँ उपाधि हो ।

शनिबार राति ली हाब्रेसँग ३–३ को बराबरी खेलेपछि पिएसजीले लिग उपाधि जित्न अर्काे खेल कुनुपर्ने भएको थियो । तर, मानाको पराजित भएसँगै उपाधि हात पारेको हो ।

लुइस इन्रिक्वेको प्रशिक्षणमा रहेको पिएसजीले ३१ खेलबाट ७० अंक जोडेको छ । मोनाकोको समान खेलबाट ५८ अंक छ ।

अब, पिएसजीले अर्काे साता बोरुसिया डर्टमन्डसँग च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।