इङ्लिस प्रिमियर लिग

सिटीको सहज जित, उपाधि सम्भावना बलियो

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीले नटिंघम फोरेष्टलाई आइतबार राति २–० ले हराएको छ ।

३० हजार फोरेष्टको समर्थकमाझ सिटीको जितमा जास्को भार्डिओल र एर्लिङ हाल्यान्डले गोल गरेका हुन् ।

जितपछि सिटीले उपाधि सम्भावना बलियो बनाएको छ । यद्यपि, ३५ खेल खेलेर आर्सनल ८० अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको सिटीको ७९ अंक छ । लिभरपुल ७५ अंकसहित तेस्रो स्थानमा रह्यो ।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले दुबै हाफमा समान एक गोल गरेको थियो । केभिन डि ब्रुयनाको पासमा भार्डिओलले ३२आंै मिनेटमा गोल गरेका हुन् ।

ब्रुयनाकै पासमा हाल्यान्डले ७१औं मिनेटमा गोल गरेका हुन् । मैदान प्रवेश गरेको नवौं मिनेटमा हाल्यान्ड गोल गर्न सफल भए । पछिल्लो दुई खेलमा घाइते भएपछि उनी बेन्चमा दिए । हाल्यान्डले सिजनको २१ गोल गरेका हुन् ।

युरोपका शीर्ष पाँच मध्ये तीन राष्ट्रको उपाधि छिनोफानो भइसक्दा इङ्ल्यान्डको भने हुन सकेको छैन । इटालीबाट इन्टर मिलान, फ्रान्सबाट पेरिस सेन्ट जर्मेन (पिएसजी), जर्मन बुन्डेसलिगाबाट बायर लेभरकुसन च्याम्पियन भइसकेका छन् ।

ला लिगामा रियाल मड्््््रिडले लिग उपाधि जित्ने सम्भावना अत्याधिक छ । तर, उसले केही खेल कुनुपर्नेछ ।