काठमाडौं । विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत युएईसँग हुने खेलका लागि नेपाली फुटबल टाेलीको प्रारम्भिक टोलीको घोषणा भएको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरे।
नेपालले जेठ २४ गते दशरथ रंगशालामा युएईकाे सामना गर्ने तय थियो । तर रंगशालाको मापदण्ड नपुगेको भन्दै एसियन फुटबल महासंघ (एएफसी) ले खेल ‘न्युट्रल भेन्यु’मा गर्न निर्देशन दिएको छ ।
नेपाल टोली
गोलकिपरः किरण चेम्जोङ,अभिषेक बराल, विशाल सुनार, सन्तोष महत
रक्षकःअभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ
मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की, सुमित श्रेष्ठ
फरवार्डः अञ्जन विष्ट, दिनेश हेन्जन, जिलेस्पेजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट