साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की

साहना प्रधान स्मृति महिला हक्कीः सेमिफाइनल समिकरण पूरा

धुलिखेल ।  छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । दुवै सेमिफाइनल सोमाबार हुनेछन् ।

समूह ‘ए’ को विजेता आर्मीले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता मधेश प्रदेशको सामना गर्नेछ ।

यसैगरी समूह ‘बी’ को विजेता बनेको सुदूरपश्चिम प्रदेश फाइनल प्रवेशका लागि समूह ‘ए’ को उपविजेता गण्डकी प्रदेशसँग भिड्नेछ । 

आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम  र मधेशले १-१ गोलको बराबरी खेले ।सुदूरपश्चिमका लागि खेलको १४औं मिनेटमा सन्जु चौधरीले गोल गर्दै सुदूरपश्चिम अग्रता दिलाइन् । ३४औं मिनेटमा भुमिका कुमारीले मधेशलाई बराबरीमा ल्याइन् ।

आज नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशले प्रदेशलाई ६-०ले हरायो । खेलको छैटौं मिनेटमा सीतामाया बलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाइन ३६औं मिनेटमा गिता पुनमगरले टोलीको अग्रता दोब्बर बनाइन् ।

बागमती र गण्डकी भिड्दै

सीतामाय पुनले ३७औं मिनेटमा गोल गर्दा गण्डकी ३-० ले अघि बढ्यो ।  खेलको ४५औं मिनेटमा ज्योति काफ्लेले ४५, ५३ र ५४ औं मिनेटमा गोल गर्दै टोलीलाई ६-०को फराकिलो जित दिलाइन् ।

दिनको तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८-० ले हरायो  ।सुदूरपश्चिमका लागि खेलको सन्जु चौधरी ह्याट्रिक पूरा गर्दा नमिता एसके र अनु गिरीले समान दुई तथा पूर्णिमा उरा एक गोल  गरे ।

आइतबार भएको अन्तिम खेलमा आर्मी क्लबले बागमतीविरुद्ध ९-०को फराकिलो जित निकाल्यो । आर्मीका लागि सरस्वती तामाङले चार गोल गरिन् । 
यसैगरी सिमा खड्काले दुई तथा ममता भट्ट, डम्मरा भट्ट र सुनिता नेगीले समान एक गोल गरे ।