राष्ट्रिय महिला हक्की प्रतियोगिता

राष्ट्रिय महिला हक्कीः आर्मी च्याम्पियन

जनकपुर। विभागीय टोली नेपाल आर्मी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा आइतबार भएको फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४-२ ले हरायो । 

आर्मीलाई जित दिलाउन सीतामाया बल र सिमा खड्काले समान दुई गोल गरे । सीताले ३८ र ५८औं तथा  सिमाले ४२ र ५४औं मिनेटमा गोल गरे

मदन भण्डारीका  लागि मधु राईले ४८र ४९औं मिनेटमा गोल गरिन् ।

विजेता आर्मीले उपाधिसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता मदन भण्डारीदे १ लाख रुपैयाँ पायो ।

आर्मीकी सरस्वती सरस्वती तामाङ सार्वेकृष्ट खेलाडी घोषित भइन् । आर्मीकी कुश्मा रानामगर उत्कृष्ट गोलकिपर र आयोजक मदन भण्डारीकी सपना सिंह उत्कृष्ट रक्षक र लुम्बिनी प्रदेशकी अनन्य बर्णवाल उदियमान खेलाडी चुनिए। उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरियो ।

आर्मीकी सितामाया बल, आयोजककी मधु राई र सुदूरपश्चिम प्रदेशकी बुलबुल कुमारी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बने । उनीहरुले समान आठ गोल गरेका थिए ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तेस्रो भएको छ । सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५-० ले हराएको थियो । तेस्रो भएको सुदूरपश्चिमले ५० हजार रुपैयाँ पायो ।

 

विजेतााई नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मालगायतले पुरस्कार प्रदान गरे ।

फागुन १४ गतेदेखि सुरु भएको प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, आर्मी र आयोजक एकेडेमी गरी आठले प्रतिस्पर्धा गरेका थिए ।