राष्ट्रिय महिला भलिबल

आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित

फाइल तस्विर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली आर्मीविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्यो ।

एपिएफले सुरुआती दुई सेट २५-२३, २५-२३ ले पारेको थियो । त्यसपछिका दुई सेट आर्मीले २५-१३, २५-१४ ले आफ्नो पक्षमा पारेपछि खेल पाँचौं तथा अन्तिम सेटसम्म पुगेको थियो ।

पाँचौं तथा निर्णयक सेट १५-९ ले आफ्नो पक्षमा पार्दै एपिएफले विजयी यात्रा कायम राख्यो ।

जितसँगै एपिएफको दुई खेलबाट पाँच अंक पुगेको छ । दुवै खेलमा पराजित आर्मीको एक अंक छ ।

पहिलो खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदा आर्मीले न्यु डायमन्ड स्पोर्टस क्लबसँग ३-१ सेटकै हार ब्यहोरेको थियो ।