साउदी प्रो लिग

अल नसारको फराकिलो जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदेर्शनप्रेरित अल नासरले शनिबार साउदी प्रो लिगमा अल वेदाविरुद्ध ६-० को सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदान किंग साउद युनिभर्सिटी रंगशालामा अल नासरलाई जित दिलाउन रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमद अल फाटिलले समान एक गोल थपे ।

जितसँगै दोस्रो स्थानको अल नासरले ३० खेलमा ७४ अंक जोडेको छ । पराजित अल वेदा समान खेलबाट ३२ अंकका साथ १२औं स्थानमा छ ।

खेलको पाँचौं मिनेटमा रोनाल्डोको गोलमार्फत आनल नासरले अग्रता लियो । १२औं मिनेटमा रोनोल्डोले नै टोलीको अग्रता दोब्बर बनाए ।

६ मिनेटपछि आटाभियोले गोल गर्दा अल नासर ३-० ले अघि बढ्यो । ४५औं मिनेटमा मानले गोल गर्दा अल नासरले पहिलो हाफमै ४-० को आरामदायी अग्रता लियो ।

रोनाल्डोले ५२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा अल नासरको अग्रता ५-० पुग्यो । पोर्चुगिज स्टार रोनाल्डोको यो करिअरको ६६औं ह्याट्रिक हो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी छँदा फाटिलले गर्दै अल नासरलाई ६-० को फराकिलो जित दिलाए ।