सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः बाह्रदेवीको जितमा रमितको ह्याट्रिक

लामोसाँघु । रमित तामाङको ह्याट्रिकप्रेरित बाह्रदेवी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी सुरुआत गरेको छ। लामोसाँघुस्थित वसन्तपुर खेलमा बिहीबार सम्पन्न पहिलो खेलमा बाह्रदेवीले श्री राइजिङ युथ क्लबलाई ३-० ले पराजित गर्याे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रमितले तीनै गोल दोस्रो हाफमा गरेका हुन्।

जितसँगै समूह ‘बी’ को बाह्रदेवीलेतीन अंक जोडेको छ । राइजिङले भने पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ।

यस्तै बिहीबार नै हुने दिनको दोस्रो खेलमा लामोसाँघु फुटबल क्लबले प्याराडाइज युवा क्लबको सामना गर्दैछ। यो खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।