ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिलको अर्धशतक

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा अनिल शाहले अर्धशतक प्रहार गरेका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७३ रनको लक्ष्य पछ्याइ रहेको नेपालका लागि अनिलले ४१ बलमा चार चौका र तीन छक्काको मद्धतमा ५० रन पूरा गरेका हुन् । जारी शृंखलमा अनिलको यो पहिलो अर्धशतक हो ।

यसअघि ओपनर आसिफ शेखले पनि ३२ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरेका थिए ।

अनिललाई १० रनमा रहेका कुशल मल्लले साथ दिइरहेका छन् ।

दुई विकेट गुमाएको नेपालले १६ ओभरको समाप्तिमा १३७ रन बनाएको छ ।