ट्वान्टी २० शृंखला

अर्धशतक बनाउँदै आउट भए आसिफ

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा अर्धशतक प्रहार गर्दै ओपनर आसिफ शेख पेभिलियन फर्केका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७३ रनको लक्ष्य पछ्याइ रहेको नेपालका लागि आसिफले ३२ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । तर, उनले अर्धशतकपछि तीन बल खेल्दा एक रन मात्र थप्न सके ।

आसिफलाई ओबेड म्याकोयले पेभिलियनको बाटो देखाए । ओबेडको बलमा उनी फोर्डेबाट क्याच भए ।

यसअघि ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको चौथो बलमा आबेडले नै हाइडेन वाल्सबाट क्याच गराएका थिए । कुशल ९ बलमा ३ चौकाको मद्दतले १३ रन बनाएर पेभेलियन फर्किएका थिए ।

नेपालले १४ ओभरको समाप्तिमा ११२ रन बनाएको छ ।