ट्वान्टी २० शृंखला

वेस्ट इन्डिज ‘ए’ विरुद्ध आसिफको अर्धशतक

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७३ रनको लक्ष्य पछ्याइ रहेको नेपालका लागि आसिफले ३२ बलमा दुई चौका र पाँच छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन् । उनलाई ४० रन जोडेका अनिल साहले साथ दिइरहेका छन् ।

एक विकेट गुमाएको नेपालले १४ ओभरमा १०८ रन बनाएको छ ।

यसअघि ओपनर कुशल भुर्तेललाई दोस्रो ओभरको चौथो बलमा आबेड म्याकोयले हाइडेन वाल्सबाट क्याच गराए । कुशल ९ बलमा ३ चौकाको मद्दतले १३ रन बनाएर पेभेलियन फर्किएका थिए ।