ट्वान्टी २० शृंखला

नेपाललाई पहिलो झट्का

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको अन्तिम खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १७३ रनको लक्ष्य पछ्याइ रहेको नेपालले पहिलो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

कुशललाई दोस्रो ओभरको चौथो बलमा ओबेड म्याकोयले हाइडेन वाल्सबाट क्याच गराए ।  कुशल ९ बलमा ३ चौकाको मद्दतले १३ रन बनाएर पेभेलियन फर्किए ।