फाल्गुन ७, २०८१ बुधबार | १४:५५:३२
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी बेलिङघमलाई रातो कार्ड देखाउने रेफ्री मोन्तेरो निलम्बनमा विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने अल हिलालको सहज जित एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो बायर्न अन्तिम १६ मा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी बेलिङघमलाई रातो कार्ड देखाउने रेफ्री मोन्तेरो निलम्बनमा विराट गोल्डकपमा दुई भारतीय टोली, सबै खेल फ्लडलाइटमा हुने कतार ओपनबाट बाहिरिए जोकोभिच आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने अल हिलालको सहज जित एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो बायर्न अन्तिम १६ मा यु-२० महिला रग्बीः सेमिफाइनल समीकरण पूरा कबड्डी टोली बंगलालदेश प्रस्थान

पोखरामा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने

पोखरा । तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता शनिबार हुने भएको छ । 

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा वडा नम्बर-१७ काे कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाटमा खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो ।

 प्रतियोगिता महिला/ पुरुष साइकल दाै‌ड र ‘रन फर फन’ गरेर तीन विधा समावेश गरिएकाे  समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 प्रतियोगिताको रुट पोखरा-१७ र पोखरा-२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनका अनुसार पुरूषतर्फ २८  तथा महिलातर्फ २० किलोमिटरमा प्रतिस्पर्धा हुनेछ ।

पोखरा-१७ पावरहाउसबाट दौड महतगौँडा,दोबिल्ला झोलुङ्गे पुल , पोखरा-२१ फेदीपाटन, खर्स्याङ, निर्मलपोखरी, फेदीपाटन, दम्सादी हुँदै पावरहाउसमै आएर टुंगिने छ ।

प्रतियोगितामा १०० खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीको ५ लाख  रुपैयाँ बराबरको बिमा गरिएको छ ।

प्रतियोगितामा महिला/पुरुषतर्फ शीर्ष तीनमा रहनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।

यसैगरी चौथो र पाँचौं हुनेले क्रमश: १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA
खेल जितेकोमा खुसी छौं, तर अझ राम्रो गर्न सक्थ्यौं । ट्रेनिङ जस्तो म्याचमा गर्न सकेनौं II PREETI RAI
NEPAL VS KYRGYZSTAN II SAMBA लाई खेलाउने निर्णय मेरो हो, आइ एम दी कोच II RAJENDRA TAMANG II COACH
POST MATCH CONFERENCE TETSURO UKI ||COACH MYANMAR
POST MATCH CONFERENCE || LEBANON COACH WAEL GHARZEDDINE ||
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि घरमै राख्ने छौं : SABITRA BHANDARI SAMBA
SABITRA BHANDARI (SAMBA) ले किर्गिस्तानविरुद्धको पहिलो खेल नखेल्ने सम्भावना II COACH RAJENDRA TAMANG