चैत्र १४, २०८२ शनिबार | ०९:३९:५४
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

फराकिलो जित निकाल्दै सुदूरपश्चिम फाइनलमा

तस्विरः क्यान

काठमाडौं । बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

जितसँगै चार खेलमा ६ अंक जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । पराजित बागमती समान खेलबाट दुई अंकका साथ पुछारमा रहँदै बाहिरियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमै समेटियो ।

बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि ऋतु कनोजियाले तीन, कविता जोशी र लक्ष्मी साउदले समान दुई तथा कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक विकेट लिए ।

तस्विरः क्यान

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि सम्झाना खड्काले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान गरिन् । यसैगरी रुवी पोदार र विन्दु रावलले समान २८ तथा कविता जोशीले अविजित २० रन बनाए ।

सम्झनाले पहिलो विकेटका लागि रुवीसँग ६० र तेस्रो विकेटका लागि कवितासँग अविजित ५४ रनको साझेदारी गरिन् ।  बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन् ।

सुदूरपश्चिमले उपाधिका लागि नेपाल एपिएफ क्लबको सामना गर्नेछ । लिग चरणका चारै खेल जितेको एपिएफ शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो