माघ १९, २०८२ सोमबार | ०२:३८:३६
फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित

फराकिलो जित निकाल्दै सुदूरपश्चिम फाइनलमा

तस्विरः क्यान

काठमाडौं । बागमती प्रदेशविरुद्ध १०९ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम प्रदेश ललितपुर मेयर कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

जितसँगै चार खेलमा ६ अंक जोड्दै सुदूरपश्चिम दोस्रो स्थानमा रह्यो । पराजित बागमती समान खेलबाट दुई अंकका साथ पुछारमा रहँदै बाहिरियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमै समेटियो ।

बागमतीका लागि करिश्मा गुरुङले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि ऋतु कनोजियाले तीन, कविता जोशी र लक्ष्मी साउदले समान दुई तथा कप्तान विन्दु रावल र करिश्मा थापाले समान एक विकेट लिए ।

तस्विरः क्यान

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५७ रनको योगफल तयार पारेको थियो ।

सुदूरपश्चिमका लागि सम्झाना खड्काले ४७ बलमा १० चौकाको मद्दतले अविजित ७४ रनको योगदान गरिन् । यसैगरी रुवी पोदार र विन्दु रावलले समान २८ तथा कविता जोशीले अविजित २० रन बनाए ।

सम्झनाले पहिलो विकेटका लागि रुवीसँग ६० र तेस्रो विकेटका लागि कवितासँग अविजित ५४ रनको साझेदारी गरिन् ।  बागमतीका लागि करिश्मा गुरुङले एक विकेट लिइन् ।

सुदूरपश्चिमले उपाधिका लागि नेपाल एपिएफ क्लबको सामना गर्नेछ । लिग चरणका चारै खेल जितेको एपिएफ शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।