सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिग: चौतारा च्याम्पियन

लामोसाँघु। साविक विजेता न्यु सदाबहार युथ क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक जिल्ला लिगको च्याम्पियन बनेको छ ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलको निर्धारित सयममा दुवै टोलीबाट गोल हुने नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।

उपाधिसँगै चौताराले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो। उपविजेता सदाबहारले ५५ हजार ५५५ रुपैयाँ पायो । 

चौतारले योङ्ग जेनेरेसन युवा क्लबलाई १-० तथा सदाबहारले  धार्पा युवा क्लबलाई ३-० ले हराएका थिए ।

सदाबहारका सरोज पराजुली सर्वोकष्ट खेलाडी र उच्च गोलकार्ता चुनिए । उनले प्रतियोगिता भर पाँच गोल गरे ।

चौताराका भीमबहादुर गुरुङ उत्कृष्ट रक्षक, विशालजंग रायमाझी (जंगे) उदियमान खेलाडी र सरोज भुजेल उत्कृष्ट प्रशिक्षक चुनिए  ।

यसैगरी सदाबहारका निग्बा तामाङ उत्कृष्ट मिडफिल्डर र दिनेश कार्की उत्कृष्ट गोलकिपर घोषित भए।

बैशाख १२ गतेदेखि सुरु प्रतियोगितामा १२ क्लबको सहभागिता थियो । पुछारमा रहेका दुई टोली श्री राइजिङ युवा क्लब र लामोसाँघु युवा क्लब रेलिगेशनमा परेका छन् ।