शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता

सहज जित निकाल्दै एपिएफ च्याम्पियन

काठमाडौं । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई ३० को सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार एपिएफले २५-२२, २४-२६ , २५-१९ ले खेल आफ्नो पक्षमा पार्यो ।

छैटौं पटक च्याम्पियन बनेको एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्यो । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेयो ।

तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड स्पाोर्टस क्लबले १ लाख २५ हजार रुपैयाँ तथा चौथो स्थान हासिल गरेको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरे।

शनिबारै डायमन्डले आर्मीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।

शेर बहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा  बैशाख १२ बाट सुरु भएको प्रतियोगितामा चार टोलीको सहभागिता थियो ।

एपिएफकी स्पाइकर निरुता ठगुन्ना प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भइन् । यसैगरी एपिएफकी कविता भट्ट सर्भर, जस्ना महतो सेटर र महेश चौधरी प्रशिक्षक पुलिसकी लक्ष्मी चन्द स्पाइकर र शान्तिकला तामाङ लिवेरो तथा न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर चुनिए ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले ५० हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्र्राप्त गरे ।