धिरोजकाजी बस्नेत

भलिबलका धिरोजलाई मिस्टर सुपर नेसनल नेपालको उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडी धिरोजकाजी बस्नेतले ब्युटि प्रजेन्ट अन्तर्गत मिस्टर सुपर नेसनल नेपाल २०२४ को उपाधि जितेका छन्।

योसँगै उनले जुनमा पोल्यान्डमा हुने मिस्टर सुपरनेसनल प्रतियोगितामा नेपालको प्रतिनिधि गर्नेछन्। त्यसका लागि उनि जुन २२ मा त्यसतर्फ प्रथान गर्नेछन्।

यसअघि उनले ब्युटि प्रजेन्ट अन्तर्गतकै मिस्टर नेपाल नेसन्स २०२३ को पनि उपाधि जितेका थिए।

धिरोजले सन् २०२३ चीनमा भएको एसियाली खेलकुदमा बहराइनविरुद्ध नेपालका लागि डेब्यू गरेका थिए। त्यसपछि उनले श्रीलंकामा भएको काभा भलिबल प्रतियोगितामा पनि नेपालको प्रतिनिधित्व गरे ।

साथै उनले सन् २०२२ मा नेपाली राष्ट्रिय यु २३ टोलीको कप्तान समेत गरिसकेका छन्। बंगलादेशमा भएको प्रतियोगितामा धिरोजले टोलीको नेतृत्व गरेका थिए।