चैत्र १६, २०८२ सोमबार | ०२:२९:१९
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

राजन र सुमित्रा च्याम्पियन

महिलातर्फका पदक विजेता

ललितपुर । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा आइतबार राजन रोकाया र सुमित्रा चौधरी च्याम्पियन बनेका छन् ।

हिरो लिगको आयोजनामा सम्पन्न म्याराथनमा राजन पुरुष तथा सुमित्रा महिलातर्फ पहिलो भए । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

राजनले २१.१ किलोमिटर दौड १ घन्टा  १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घन्टा १७ मिनेट २४ सेकेन्डका साथ दोस्रो तथा धर्म महर्जन १ घन्टा १९ मिनेट ५८ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

महिलातर्फ सुमित्राले १ घन्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारीले १ घन्टा ४२ मिनेट ५४ सेकेन्डका साथ दोस्रो तथा मञ्जु सुनार दुई घन्टा ३ मिनेट ८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

राजन रोकाया

यसैगरी पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए । सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डका साथ दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३।१ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।

महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डका साथ च्याम्पियन बनिन् । आशा रावत ३९ मिनेट ४.४० सेकेन्डको समय निकाल्दै दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थानमा रहे ।

यस्तै पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डका साथ पहिलो भए । मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डको समाय निकाल्दै दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा दौड पूरा गर्दैतेस्रो स्थानमा रहे ।

महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् । २३ मिनेट ५०.९ सेकेन्डका साथ श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९।८७ सेकेन्डको समय निकाल्दै पूर्णिमा श्रेष्ठ तेस्रो भए ।

सुमित्रा चौधरी

ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे ।

प्रतियोगितालाई  एनआरएस स्पोर्टस फाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो । पाटन दरवार स्क्वारमा आयोजित दौडमा १५ देशका १००० भन्दा बढी धावक धाविकाको सहभागिता थियो ।

कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान हुँदै सुरुआती विन्दुमै आएर थियो । दौडको उद्घाटन ललितपुर उप-महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।

मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) नेपाल ओलम्पिक कमिटी र ललितपुर उप-महानगरपालिकाले  सहयोग गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो