माघ १३, २०८२ मंगलबार | १४:५९:१९
लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज ब्राजिलले भन्यो, ‘आगामी फिफा क्लब विश्वकप आयोजना गर्छाै’ विश्वकप खेल्ने वेष्ट इन्डिजको टिम घोषणा गोल भिन्नतामा चुक्दा नेपालले तेस्रो स्थानमा चित्त बुझायो पुलिसको पहिलो जित, भगवतीको दोस्रो हार मनाङको पहिलो जित, काँक्रे बिहारको लगातार चौथो हार साफ फुटसल च्याम्पियनसिपः नेपाललाई कम्तिमा पनि तेस्रो स्थान, अन्तिम खेलमा भुटानलाई हरायो स्कटल्यान्डसँग नेपालको फराकिलो हार, विश्वकप पुग्ने चुनौती समाप्त स्कटल्यान्डविरुद्ध नेपालले टस जित्यो

राजन र सुमित्रा च्याम्पियन

महिलातर्फका पदक विजेता

ललितपुर । पहिलो वन रन अन्तर्राष्ट्रिय हाफ म्याराथनमा आइतबार राजन रोकाया र सुमित्रा चौधरी च्याम्पियन बनेका छन् ।

हिरो लिगको आयोजनामा सम्पन्न म्याराथनमा राजन पुरुष तथा सुमित्रा महिलातर्फ पहिलो भए । दुवैले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

राजनले २१.१ किलोमिटर दौड १ घन्टा  १६ मिनेट ७ सेकेन्डमा पूरा गरे । खिमबहादुर खत्री १ घन्टा १७ मिनेट २४ सेकेन्डका साथ दोस्रो तथा धर्म महर्जन १ घन्टा १९ मिनेट ५८ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।

महिलातर्फ सुमित्राले १ घन्टा ३४ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । पुष्पा भण्डारीले १ घन्टा ४२ मिनेट ५४ सेकेन्डका साथ दोस्रो तथा मञ्जु सुनार दुई घन्टा ३ मिनेट ८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थानमा रहे ।

राजन रोकाया

यसैगरी पुरुष १० किलोमिटर दौडमा ३२ मिनेट ३३.१ सेकेन्डको समयसहित राजेन्द्र तामाङ पहिलो भए । सुरज कार्की ३३ मिनेट ३९.२ सेकेन्डका साथ दोस्रो र रेम बुढामगर ३४ मिनेट ५३।१ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।

महिलातर्फ १० किलोमिटर दौडमा फुलमति राना ३८ मिनेट २८.०५ सेकेन्डका साथ च्याम्पियन बनिन् । आशा रावत ३९ मिनेट ४.४० सेकेन्डको समय निकाल्दै दोस्रो तथा सगुन राई ५० मिनेट २० सेकेन्डमा दौड पुरा गर्दै तेस्रो स्थानमा रहे ।

यस्तै पुरुष पाँच किलोमिटर दौडमा नागेश्वर अहिर १८ मिनेट ३३.७५ सेकेन्डका साथ पहिलो भए । मिङ्मा शेर्पा १८ मिनेट ४२.४० सेकेन्डको समाय निकाल्दै दोस्रो तथा हस्त सुनार १९ मिनेट १५.४० सेकेन्डमा दौड पूरा गर्दैतेस्रो स्थानमा रहे ।

महिलाको पाँच किलोमिटर दौडमा सीमा चौधरी २२ मिनेट ४८.७० सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् । २३ मिनेट ५०.९ सेकेन्डका साथ श्रेबी मजर्हन दोस्रो तथा २६ मिनेट ३९।८७ सेकेन्डको समय निकाल्दै पूर्णिमा श्रेष्ठ तेस्रो भए ।

सुमित्रा चौधरी

ब्वाइज एक किलोमिटर दौडमा सञ्जय नेफाली, सन्तोषविक्रम विष्ट र खगेन्द्र शर्मा त्रमशः शीर्ष तीन स्थानमा रहे । गर्ल्सतर्फ रजिना दुलाल, मनु खड्गी र कृटिका हाउँमिखा पहिलोदेखि तेस्रो स्थानमा रहे ।

प्रतियोगितालाई  एनआरएस स्पोर्टस फाउन्डेसनले प्राविधिक सहयोग गरेको थियो । पाटन दरवार स्क्वारमा आयोजित दौडमा १५ देशका १००० भन्दा बढी धावक धाविकाको सहभागिता थियो ।

कृष्ण मन्दिरबाट सुरु भएको दौड पाटनका विभिन्न स्थान हुँदै सुरुआती विन्दुमै आएर थियो । दौडको उद्घाटन ललितपुर उप-महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका थिए ।

मेयर महर्जनसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले विजयी खेलाडीलाई पदक तथा पुरस्कार वितरण गरे ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) नेपाल ओलम्पिक कमिटी र ललितपुर उप-महानगरपालिकाले  सहयोग गरेका थिए । 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate