काठमाडौं । प्रशिक्षक क्विक सान्चेज फ्लोरेसले सिजनको अन्त्यसँगै स्पेनिस क्लब सेभिया छाड्ने भएका छन्। फ्लोरेस गत डिसेम्बरमा डिएगो एलोन्सोको स्थान लिँदै सेभिया भित्रिएका थिए।
उनी र क्लबबीच अर्को वर्षसम्मको सम्झौता छ । तर फ्लाेरेस सम्झौता रद्द गर्दै क्बल छाड्ने निर्णयमा पुगेका हुन् ।
फ्लोरेसले प्रशिक्षण सम्हाल्दा सेभिया रेलिगेशन जोन (१७औं) स्थानमा थियो । हाल क्लब १२औं स्थानमा छ ।
क्लबका अध्यक्ष जोसे मारिया डेल निडोलेका अनुसार फ्लोरेसले आपसी सहमतिमै यो निर्णय लिएका हुन् ।
५९ वर्षीय फ्लोरेससँग एथ्लेटिको मड्रिड, भ्यालेन्सिया, गेटाफे, स्पान्योल, बेन्फिका, वाटफोर्ड जस्ता चर्चित क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
