काठमाडौं । झम्सिखेल युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मनोहरा युनाइटेड युवा क्लबविरुद्ध ३-० को सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आइतबार झम्सिखेललाई जित दिलाउन आकाशबहादुर राना, विवस लिम्बु र अरुण मेचेले गोल गरे ।
जितसँगै ९ खेलमा १३ अंक जोडेको झम्सिखेल छैटौं स्थानमा उक्लिएको छ । पराजित मनोहरा समान खेलबाट १४ अंकका साथ चौथो स्थानमा कायम छ ।
खेलको ३१औं मिनेटमा आकाशको गोलमार्फत झम्सिखेलले अग्रता लिएको थियो । दुई मिनेटपछि नै विवसले टोलीको अग्रता दोब्बर बनाए ।
अरुणले ६७औं मिनेटमा गोल गर्दा झम्सिखेलले ३-० को सहज जित निकाल्यो ।
आइतबार नै सम्पन्न पहिलो खेलमा आरसी ३२ फुटबल एकेडेमीले गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेकाे थियाे।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
