चैत्र ७, २०८२ शनिबार | ०६:५९:२४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

रोमाञ्चक जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा

तस्विरः एन्फा

काठमाडौं । गोलबजार स्पोर्टस क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आरसी ३२ लाई जित दिलाउन सुजन बलम्पाकीमगर र आशिष लावतीले गोल गरे । गोलबजारका लागि विनु आलेमगरले गोल फर्काए ।

जितसँगै आरसी ३२ ले ९ खेलमा १९ अंक जोडेको छ । पराजित गोलबजार समान खेलबाट पाँच अंकका साथ पुछारमा छ ।

तस्विरः एन्फा

खेलको ३६औं मिनेटमा सुजनको गोलमार्फत आरसी ३२ ले अग्रता लियो । उनले आशिषको कर्नरमा बनेको मुभमा गोल गरे ।

विनुले ६४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । आरसी ३२ का सञ्जय सुब्बाले जमिरदिन मियालाई फउल गरेपछि गोलबजारले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा विनु चुकेनन् ।

इन्जुरी समयमा आशिषले गोल गर्दै आरसी ३२ लाई २-१ को रोमाञ्चक जित दिलाए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो