जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

एलआरआइले रत्नराज्यलाई हरायो

काठमाडौं । लर्निङ रियल्म इन्टरनेसनल स्कुल (एलआरआइ) ले जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा रत्नराज्य स्कुलविरुद्ध तीन विकेटको जित निकालेको छ ।

जितसँगै एलआरआइले तीन खेलमा चार अंक जोडेको छ । पराजित रत्नराज्यको समन खेलबाट दुई अंक छ ,  

मुलपानी क्रिकेट मैदान (तल्लो) मा बुधबार रत्नराज्यले प्रस्तुत गरेको ७९ रनको लक्ष्य एलआरआइले १४.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । एलआरआइका लागि अनुप सिंहले २५ र शुभ रेग्मीले १३ रन बनाए ।

रत्नराज्यका लागि आयुशकुमार महतोले चार तथा दीपेश थापा र भुवन खातीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको रत्नराज्यले १७.३ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनको योगफल तयार पार्यो । रत्नराज्यका लागि ध्रुवकुमार खाङ्ग र आयुशकुमार महताले समान १६ तथा भुवन खातीले १२ रन बनाए ।

एलआरआइका लागि श्रीयन्श अवस्थीले चार ऋषभ रोकाले तीन र समृद्ध केसीले एक विकेट लिए ।