डियगो म्याराडोना

म्याराडोनाको गोल्डेन बल अक्सनमा राखिने

काठमाडौं ।  महान फुटबल डियगो म्याराडोनाको गोल्डेन बल अक्सनमा (लिलामी)मा राखिने भएको छ ।

म्याराडोनाले सन् १९८६ को विश्वकपमा  गोल्डेन बल  प्राप्त गरेका थिए । उक्त बललाई अर्को महिना पेरिसस्थित एगुट्स हाउसले अक्सनमा राख्ने भएको छ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले मेक्सिको सिटीमा भएको फाइनलमा पश्चिम जर्मनीमाथि ३-२ को जित निकालेकाे थियो।

म्याराडोनालाई  सन् १९८६ मा च्याम्प्स-एलिसेसको लिडो क्याबरेमा गोल्डेन बल प्रदान गरिएको थियो । 

यो गोल्डेन बललाई नेपल्स बैंकमा राखिएको थियो।  जसलाई सन् १९८९ मा स्थानीय लुटेराले चोरी गरेका थिए। त्यतिबेला म्याराडोना इटालियन लिग खेलिरहेका थिए।

म्याराडोनाको सन् २०२० मा ६० वर्षको उमेरमा निधन भएको थियो।