युरोपियन च्याम्पियन्स लिग

रियाल र बायर्न भिड्दै

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत दोस्रो लेगमा बुधबार स्पेनिस क्बलब रियाल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार राति १२ः४५ बजे रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ ।

दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छन् । पहिलो लेग २-२ को बरारबरीमा सकिएको थियो ।

च्याम्पियन्स लिगमा हालसम्म यी दुईबीच २७ खेल भएका छन् । जसमा रियाललले १२ र बायर्नले ११ खेल जित्दा चारखेल बराबरीमा सकिएको छ ।

रियाल भिनिसियस जुनियर, जुड बेलिङघम, लुका मोड्रिच, नाचो जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ । यता बायर्नलाई ह्यारी केन, जमाल मुसियाला, ह्यारी केन, लोरियो साने,जोसुवा किमिच जस्ता खेलाडीको साथ रहेनछ ।

सर्वाधिक १४ पटकको च्याम्पियन रियाल १८औं पटक फाइनल पुग्ने लक्ष्यमा छ । यता सात पटकको च्याम्पियन बायर्न पनि १२औं पटक फाइनल पुग्न चाहन्छ ।

पछिल्लो पटक रियाल सन् २०२२ र बायर्न २०२० मा च्याम्पियन बनेका थिए ।

यो खेलको विजेताले उपाधिका लागि जर्मन क्लब बोरुसिया डर्टमन्डको सामना गर्नेछ । डर्टमन्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) लाई समग्रमा २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।