इन्डियन प्रिमियर लिग

हैदराबादलाई लखनउको चुनौती

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा बुधबार सनराइजर्स हैदराबादले लखनउ सुपरजाइन्ट्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजेदेखि हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ ।

दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् । हैदराबाद र लखनउ जारी सिजनमा आफ्नो १२औं खेल खेल्दैछन्। 

दुवै टोलीले ११ खेलमध्ये ६ जित र ५ हारको नतिजा निकालेका छन् । राम्रो रन रेटका कारण हैदराबाद चौथो र लखनउ छैटौं स्थानमा छन् । आजको खेल जित्ने टोलीकोप्ले अफ पुग्ने सम्भावना बलियो हुनेछ ।

हदराबाद प्याट कमिन्स र लखनउ केएल राहुलको कप्तानीमा मैदान उत्रिनेछन् ।

हैदराबादलाई ट्राभिस हेड, अभिषेक शर्मा, हेनरिक क्लासेन, भुवनेश्वर कुमार, नितिस रेड्डी जस्ता खेलाडीको साथ रहेनछ । यता लखनउ मार्कस स्टोइनिस, निकोलस पुरन, मोहसिन खान, आयुष बडोनी जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

आइपिएलमा हैदराबादले अहिलेसम्म लखनउलाई हराउन सकेको छैन । आइपिएलमा यी दुईबीच तीन खेल हुँदा सबैमा लखनउ विजयी भएको छ ।