युरोपियन च्याम्पियन्स लिग

बायर्नलाई हराउँदै रियाल फाइनलमा

काठमाडौं । माटो जोसेलुको दुई गोल प्रेरित रियाल मड्रिडले बायर्न म्युनिखलाई २-१ ले हराउँदै च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान बनाएको छ । अब, जुन १ मा वेम्बलीमा हुने फाइनलमा रियालले बोरुसिया डर्टमन्डको सामना गर्नेछ ।

मंगलबार राति भएको खेलमा डर्टमन्डले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई हराएको थियो ।

 रियाल समग्रमा ४-३ ले विजयी भयो । पहिलो लेग बायर्न मैदानमा २-२ मा सकिएको थियो ।

रियालको घरेलु मैदान सान्टियागो बर्नाबेउमा  बुधबार सम्पन्न दोस्रो लेगको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । खेलको ६८औं मिनेटमा अल्फोन्सो डेभिसले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा रियालले गोल गरेपनि त्यस गोलको मान्यता पाएन ।

८८औं मिनेटमा गोलकिपर म्यानुएल नेउरले गरेको बिर्सनलायक गल्तीको फाइदा उठाउँदै जोसेलु गोल गरे । भिनिसियस जुनियरको प्रहार नेउरले नियन्त्रणमा लिन नसक्दा प्राप्त बललाई जोसेलुले पोस्टको दिशा दिए ।

एन्टोनियो रुडिगरको पासमा जोसुलुले इन्जुरी समयमा ब्यक्गित दोस्रो गोल  गर्दै रियाललाई २-१ को पुनरागमन जित दिलाए । 

 ११ मिनेटको इन्जुरी समयमा बायर्नले बराबरी गर्ने अवसर बनाए पनि सदुपयोग गर्न सकेन । योसँगै १४ पटकको च्याम्पियन्स रियाल पुनः उपाधि नजिक पुगेको छ ।