पारा ओलम्पिक छनोट

पारा टेबलटेनिस टोली थाइल्यान्ड जाँदै

काठमाडौँ । पारा ओलम्पिक विश्व छनोट २०२४ मा सहभागी हुन लागि नेपालको एक खेलाडी र एक प्रशिक्षकसहित दुई सदस्यीय  टेबलटेनिस टोली थाइल्यान्ड जाने भएकाे छ ।

मे २३ देखि २६ सम्म हुने प्रतियोगितामा नेपालबाट केशव थापाले प्रतिस्पर्धा गर्नेछन् । टोलीको प्रशिक्षकमा बसन्त भारती छन् । उनीहरु सोमबार नै थाइल्यान्ड जाँदैछन् ।  

केशवले ह्विलचियर क्याटोगोरीको क्लास ३ मा प्रतिस्पर्धा गर्नेछन् । उक्त विधामा विश्व वरियतामा रहेका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने छन्। केशव मात्र वरियतामा रहेका नेपाली पारा टेबलटेनिस खेलाडी हुन् ।

ह्विलचियर ब्याइज क्लास ३ मा १५ देशका विश्व खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन ।