माघ १७, २०८२ शनिबार | २२:१८:३४
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

हिमाल र योङगीलाई स्वर्ण

हिमाल बिष्ट र योङगी पौडेल (निलो जर्सीमा)

ललितपुर । होप्प टेबल टेनिस एकेडेकीका हिमाल बिष्ट र योङगी पौडेलले चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

यु-१९ सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा योङगी च्याम्पियन बने ।

भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस क्लबको हलमा भएको फाइनलमा हिमालले यल टबेलटेनिसका विशाल गोलेलाई ७-११, १४-१२, ११-९, १२-१०, ५-११,११-२ को सेटमा पराजित गरे । होप्सका रितिम गुरुङ र यलकाका एलेन महर्जनले तेस्रो स्थान हासिल गरे।

योङगीले भक्तपुरकी दिया देउलालाई ११-८, ११-९, ८-११, १२-१०, ११-८ को सेटमा हराइन् । भक्तपुरकी सोनम ठाकुर र यलकी अंकिता वज्राचार्य तेश्रो स्थानमा रहे ।

प्रतियोगितामा ९ स्पर्धा समावेश थियो । यसअघि यु–१० सिंगल्सको ब्वाइजमा एपिएमका दिनेश बोहरा र गर्ल्समा एपिएमकै आराध्या विष्ट तथा यु–१२ सिंगल्सको ब्वाइजमा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि वज्राचार्य र गर्ल्समा प्रभातकी उरवी सुवालले स्वर्ण पदक जितेका थिए ।

प्रतियोगिताका पदक विजेता । 

यसैगरी यु-१६ सिंगल्सको ब्वाइजमा कीर्तिपुरका जयश्नु महर्जन तथा गर्ल्समा भक्तपुरकी क्यारिना सुवालले स्वर्ण पदक जित्दा मिक्स टिम इभेन्टमा होप्स ‘ए’ च्याम्पियन बनेको थियो ।

हरेक स्पर्धाका पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्मनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

मिक्स टिम इभेन्टको विजेताले २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो-९ टेबलटेनिस टेबल प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाललगायतले पुरस्कार वितरण गरे ।

तीन दिने प्रतियोगितामा १५० खेलाडी सहभागी थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।