चैत्र ६, २०८२ शुक्रबार | ०५:१६:१९
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एपिएम टेबलटेनिसः आराध्यालाई स्वर्ण

काठमाडौं । आयोजक नेपाल एपिएम टेबलटेनिस क्लबकी आराध्या विष्टले चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा बिहीबार स्वर्ण पदक जितेकी छन् ।

भैसेपाटीमा भइरहेको प्रतियोगिताको  गर्ल्स यु-१० फाइनलमा आराध्याले प्रभातकी आरोही सुवाललाई ११-७, ११-९, ११-७, ११-८ को सोझो सेटमा पराजित गरिन् । होप्स टेबलटेनिस एकेडेमीकी दिब्या बम र यल टेबलटेनिसकी मेरिशा श्रेष्ठले  कांस्य पदक प्राप्त गरे।

सोही स्पर्धाको ब्वाइजमा एपिएमका दिनेश बोहराले फाइनलमा यलका सट्रिकरत्न शाक्यलाई सीधा सेटमा ११-८, ११-४, ११-८, ११-६ ले हराउदै स्वर्ण पदक जिते । ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबका कृतन श्रेष्ठ र एपीएमका जोन गुरुङले कांस्य पदक हात पारे।

यु-१२ ब्वाइज सिंगल्समा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि वज्राचार्य स्वर्ण पदक प्राप्त गरे ।  । उनले फाइनलमा खोल्छ पुखु टेबलटेनिस क्लबका निर्भिक शाक्यलाई ११-५, १५-१३, ११-५, ११-४ को सोझो सेटमा निरास बनाए । इकाछेनका रेजिन शाक्य र ज्ञानभैरवका विनम्र घिमिरेले कांस्य पदक प्राप्त गरे ।

उक्त स्पर्धाको गर्ल्स फाइनलमा प्रभातकी उरवी सुवालले एपिएमकी ममता बोहरालाई ११-९, ११-६, ११-९, ११-१ ले हराउँदै स्वर्ण पदक जितिन् । जेम्सका शिवानी यादव र सुहाना महर्जनले कांस्य पदक हात पारे।

यु-१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयश्नु महर्जनले स्वर्ण पदक जिते । जयश्नुले फाइनलमा यलका रिजन शाक्यमाथि ७-११, १४-१६, १२-१०, ११-६, ११-३ को जित निकाले। यलका अर्नव श्रेष्ठ र एभरेष्टका आर्यन शाहीले कांस्य पदक जिते ।

सोही स्पर्धाको गर्ल्स टिम भक्तपुरकी क्यारिना सुवालले स्वर्ण चुमिन् । क्यारिनाले फाइनलमा एपिएमकी महिमा महताको चुनौती ११-५, ११-८, ६-११, ११-५, १३-११ ले पन्छाइन् । भक्तुपुरकी नर्मदा खाइतु र होप्सकी प्रमिला जोशीले कांस्य पदक हात पारे ।

शनिबार सम्म हुने प्रतियोगितामा १५० खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । हरेक स्पर्धाका पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्मनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरुप प्रदान गरिने छ ।


करिब १० लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक उपलब्ध गराइने आयोजकले जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो