माघ १८, २०८२ आइतबार | ०२:५३:३५
रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ?

एपिएम टेबलटेनिसः आराध्यालाई स्वर्ण

काठमाडौं । आयोजक नेपाल एपिएम टेबलटेनिस क्लबकी आराध्या विष्टले चौथो एपिएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपमा बिहीबार स्वर्ण पदक जितेकी छन् ।

भैसेपाटीमा भइरहेको प्रतियोगिताको  गर्ल्स यु-१० फाइनलमा आराध्याले प्रभातकी आरोही सुवाललाई ११-७, ११-९, ११-७, ११-८ को सोझो सेटमा पराजित गरिन् । होप्स टेबलटेनिस एकेडेमीकी दिब्या बम र यल टेबलटेनिसकी मेरिशा श्रेष्ठले  कांस्य पदक प्राप्त गरे।

सोही स्पर्धाको ब्वाइजमा एपिएमका दिनेश बोहराले फाइनलमा यलका सट्रिकरत्न शाक्यलाई सीधा सेटमा ११-८, ११-४, ११-८, ११-६ ले हराउदै स्वर्ण पदक जिते । ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबका कृतन श्रेष्ठ र एपीएमका जोन गुरुङले कांस्य पदक हात पारे।

यु-१२ ब्वाइज सिंगल्समा गोड स्पिन टेबलटेनिस एकेडेमीका रिभानमुनि वज्राचार्य स्वर्ण पदक प्राप्त गरे ।  । उनले फाइनलमा खोल्छ पुखु टेबलटेनिस क्लबका निर्भिक शाक्यलाई ११-५, १५-१३, ११-५, ११-४ को सोझो सेटमा निरास बनाए । इकाछेनका रेजिन शाक्य र ज्ञानभैरवका विनम्र घिमिरेले कांस्य पदक प्राप्त गरे ।

उक्त स्पर्धाको गर्ल्स फाइनलमा प्रभातकी उरवी सुवालले एपिएमकी ममता बोहरालाई ११-९, ११-६, ११-९, ११-१ ले हराउँदै स्वर्ण पदक जितिन् । जेम्सका शिवानी यादव र सुहाना महर्जनले कांस्य पदक हात पारे।

यु-१६ ब्वाइज सिंगल्समा कीर्तिपुरका जयश्नु महर्जनले स्वर्ण पदक जिते । जयश्नुले फाइनलमा यलका रिजन शाक्यमाथि ७-११, १४-१६, १२-१०, ११-६, ११-३ को जित निकाले। यलका अर्नव श्रेष्ठ र एभरेष्टका आर्यन शाहीले कांस्य पदक जिते ।

सोही स्पर्धाको गर्ल्स टिम भक्तपुरकी क्यारिना सुवालले स्वर्ण चुमिन् । क्यारिनाले फाइनलमा एपिएमकी महिमा महताको चुनौती ११-५, ११-८, ६-११, ११-५, १३-११ ले पन्छाइन् । भक्तुपुरकी नर्मदा खाइतु र होप्सकी प्रमिला जोशीले कांस्य पदक हात पारे ।

शनिबार सम्म हुने प्रतियोगितामा १५० खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । हरेक स्पर्धाका पदक विजेतालाई सिओम नेपाल, टाग्रो टेबलटेनिस कम्पनी र ल्याम्प एन्ड लाइट कम्मनीद्वारा प्रायोजित खेल सामाग्री र पोशाक पुरस्कार स्वरुप प्रदान गरिने छ ।


करिब १० लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक उपलब्ध गराइने आयोजकले जनाएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।