माईजोगमाई अध्यक्ष कप

माईजोगमाई अध्यक्ष कपः सूर्योदय क्वार्टरफाइनलमा

इलाम। साविक उपविजेता फाकफोकथुम गाउँपालिकालाई २-० ले  हराउँदै सूर्योदय नगरपालिका दोस्रो माईजोगमाई गाउँपालिका अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ।

सूर्योदयलाई जित दिलाउन पाल्देन तामाङ र सौरभ कार्कीले गोल गरे।

खेलको आठौँ मिनेटमा पाल्देनको गोलमार्फत सूर्योदयले अग्रता लियो । ६१औं मिनेटमा कप्तान अर्जुन गुरुङको कर्नरलाई हेरमार्फत पोस्टको दिशा दिँदै सौरभले टोलीलाई २-० को जित दिलाए ।

सूर्योदयले क्वार्टरफाइनलमा माई नगरपालिकाको सामना गर्नेछ ।

प्रतियोगितामा बिहीबार पहिलो क्वार्टरफाइनलमा घरेलु टोली माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिका तथा दोस्रो क्वार्टरफाइनलमा देउमाई नगरपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन्।