जयकुमार नाथ शाह स्मृति यु-१६ क्रिकेट

यु-१६ क्रिकेटः सेमिफाइनल समिकरण पूरा

काठमाडौं । जयकुमार नाथ शाह स्मृति यु-१६ ट्वान्टी २० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी प्रतियोगितामा बुधबार मोक्षदा र नेक्सस स्कुलबीचको खेल वर्षाका कारण हुन नसक्दा दुवै टोलीले अंक बाँडे।

यो नितजासँगै तीन खेलमा पाँच अंक जोडेको मोक्षदाले समूह ‘डी’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । तीन खेलमा एक अंक जोडेको नेक्सस अन्तिम स्थानमा रह्यो ।

दुवै सेमिफाइनल शनिबार हुनेछ । पहिलो सेमिफाइनलमा सैनिक आवासीय महाविद्यालय र एन्जल हार्ट स्कुल भिड्नेछन्। सैनिक समूह ‘ए’ र एन्जल हार्ट समूह ‘सी’ बाट सेमिफाइनल प्रवेश गरेका हुन्।

यसैगरी दोस्रो सेमिफाइनलमा मोक्षदाले डिएभी स्कुलको सामना गर्नेछ। डिएभी समूह ‘बी’ को विजेता हो।

बुधबार नै सम्पन्न खेलमा लर्निङ रियल्म इन्टरनेसनल स्कुल (एलआरआइ) ले रत्नराज्य स्कुलविरुद्ध तीन विकेटको जित निकाल्यो।