माघ १७, २०८२ शनिबार | ०१:३९:५२
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गोरखा फुटबल संघका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार उजुरी दर्ता गराएका हुन् ।

‘अखिल नेपाल फुटबल संघ(एन्फा) मा भष्ट्राचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ट नै नाघेको छ । विधान, आर्थिक नियमावली र आर्थिक कार्यविधि विपरित कामको सिमा नै छैन । अख्तियारको दुरुपयोग गरी एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीले केही महिना यतादेखि एन्फालाई करिव १ करोड हाराहारी हानी नोक्सानी पुर्याएको हुँदा गहन छानबिन गरी कानुन वमोजिम भष्ट्राचार अन्तर्गत कार्वाही गर्न हार्दिक अनुरोध गर्दछु,’ खत्रीले दर्ता गरेको उजुरी पत्रमा भनिएको छ ।

उजुरीपत्रमा कार्यसमिति बैठकमा निर्णय नै नगराई खेलकुद ऐनमा भएको व्यवस्था सम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  दिएको नीति निर्देशन समेतलाई लत्याउँदै १० जना अतिरिक्त पदाधिकारीहरू बहराइन भ्रमण गराई संघलाई हानी नोक्सानी गरेको उल्लेख छ ।

यसैगरी खत्रीले नेपाल र इङ्ल्यान्ड ‘सी’ बीचको मैत्रीपूर्ण खेलका लागि काटिएको हवाइ टिकटमा पनि ब्यापक अनियमितता भएको बताएका छन् ।

‘एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच मैत्रिपूर्ण फुटबल खेलको आयोजना गर्ने भनी सम्झौता भएको थियो । कोभिड महामारीले स्थगित हुन गई सन् २०२४ को मे ६ मा खेल हुने करिव १ वर्ष अगाडि तय गरीएको थियो । १ वर्ष अगाडि नै खेल हुने थाहा हुदाँ पनि आर्थिक नियमावली अनुसार इविडिङ्ग वा टेण्डर गर्नु पर्नेमानगरी भष्टाचार गर्ने उद्धेश्यले खेलाडी र पदाधिकारीहरुको भिषा पनि हतार हतारमा र हवाई टिकट पनि हतार हतारमा टिकट ३ लाख २० हजारमा मा खरिद गरी एउटै उडान गर्नुपर्ने खेलाडी र पदाधिकारीहरु विभिन्न चार वटा फ्लाइटमार्फत निर्धारित समय भन्दा दुई दिन पछाडि उडेको थियो । यदि समयमा प्रक्रिया पुर्याइ हवाइ टिकट खरिद गरेको भए १ लाख ५० मा टिकट उपलब्ध हुने थियो,’ पत्रमा भनिएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।