चैत्र १६, २०८२ सोमबार | १५:२७:१९
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

एन्फामा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

गोरखा फुटबल संघका सदस्य अमित खत्रीले एन्फाका अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार र अनियमितता भएकाले गम्भीरतापूर्वक छानबिन गर्न बुधबार उजुरी दर्ता गराएका हुन् ।

‘अखिल नेपाल फुटबल संघ(एन्फा) मा भष्ट्राचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ट नै नाघेको छ । विधान, आर्थिक नियमावली र आर्थिक कार्यविधि विपरित कामको सिमा नै छैन । अख्तियारको दुरुपयोग गरी एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीले केही महिना यतादेखि एन्फालाई करिव १ करोड हाराहारी हानी नोक्सानी पुर्याएको हुँदा गहन छानबिन गरी कानुन वमोजिम भष्ट्राचार अन्तर्गत कार्वाही गर्न हार्दिक अनुरोध गर्दछु,’ खत्रीले दर्ता गरेको उजुरी पत्रमा भनिएको छ ।

उजुरीपत्रमा कार्यसमिति बैठकमा निर्णय नै नगराई खेलकुद ऐनमा भएको व्यवस्था सम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले  दिएको नीति निर्देशन समेतलाई लत्याउँदै १० जना अतिरिक्त पदाधिकारीहरू बहराइन भ्रमण गराई संघलाई हानी नोक्सानी गरेको उल्लेख छ ।

यसैगरी खत्रीले नेपाल र इङ्ल्यान्ड ‘सी’ बीचको मैत्रीपूर्ण खेलका लागि काटिएको हवाइ टिकटमा पनि ब्यापक अनियमितता भएको बताएका छन् ।

‘एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच मैत्रिपूर्ण फुटबल खेलको आयोजना गर्ने भनी सम्झौता भएको थियो । कोभिड महामारीले स्थगित हुन गई सन् २०२४ को मे ६ मा खेल हुने करिव १ वर्ष अगाडि तय गरीएको थियो । १ वर्ष अगाडि नै खेल हुने थाहा हुदाँ पनि आर्थिक नियमावली अनुसार इविडिङ्ग वा टेण्डर गर्नु पर्नेमानगरी भष्टाचार गर्ने उद्धेश्यले खेलाडी र पदाधिकारीहरुको भिषा पनि हतार हतारमा र हवाई टिकट पनि हतार हतारमा टिकट ३ लाख २० हजारमा मा खरिद गरी एउटै उडान गर्नुपर्ने खेलाडी र पदाधिकारीहरु विभिन्न चार वटा फ्लाइटमार्फत निर्धारित समय भन्दा दुई दिन पछाडि उडेको थियो । यदि समयमा प्रक्रिया पुर्याइ हवाइ टिकट खरिद गरेको भए १ लाख ५० मा टिकट उपलब्ध हुने थियो,’ पत्रमा भनिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो