इन्डियन प्रिमियर लिग

राजस्थानका कप्तान स्यामसनलाई कार्वाही

काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपिएल) को फ्रेन्चाइज राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसनलाई ‘म्याच फि’ को ३० प्रतिशत जरिवाना लगाइएको छ ।

मंगलबार दिल्ली क्यापिटल्सविरुद्धको खेलमा आइपिएलको आचारसंहिता उल्लङ्घन गरेको भन्दै स्यामसनलाई कार्वाही गरिएको हो ।

स्यामसनलाई आचारसंहिताको धारा २.८ अन्तर्गत लेभल १ को अपराधको लागि दोषी ठहर गरिएको छ । जुन अम्पायरको निर्णयमा असहमतिसँग सम्बन्धित छ। स्यामसनले आफ्नो गल्ती स्वीकार गर्दै म्याच रेफ्रीको सजाय स्वीकार गरेका छन्।

१६औं ओभरमा दिल्लीका बलर मुकेश कुमारको बलमा सञ्जुले सट प्रहार गरेका थिए। तर बाउन्ड्री लाइनमा रहेका शाइ होपले क्याच लिए।

होपको खुट्टा बाउन्ड्री नजिकै देखिन्थ्यो । तेस्रो अम्पायरले क्याचलाई  मान्यता दिँदै स्यामसनलाई आउट घोषित गरियो।

स्यामसनले अम्पायरसँग फिल्डरको खुट्टाले बाउन्ड्री छोएको भन्दै बहस गरेका थिए । तर, अम्पायरले उनलाई आउट दिइसकेको हुँदा स्यामसन पेभेलियनलियन फर्कनु परेको थियो।

स्यामसनले ४६ बलमा ८६ रन बनाए । उक्त खेलमा दिल्ली २० रनले विजयी भएको थियो ।