सहिद स्मारक ‘सी’ डिभिजन लिग

झम्सिखेलको कठिन जित

काठमाडौं । झम्सिखेल युवा क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा बुधबार स्यम्भू क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा झम्सिखेलाई जित दिलाउन आभिनाश चौधरीले गरेको एक मात्र गोल पर्याप्त बन्यो ।

जितसँगै सात खेलमा १० अंक जोडेको झम्सिखेल पाँचौं स्थानमा उक्लिएको छ । पराजित स्वयम्भू समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

खेलको २७औं मिनेटमा अविनाशले गोल गरेका थिए । उनले आशिष बमको क्रसलाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्स भित्रबाट पोस्टको दिशा दिए ।

बुधबार नै सम्पन्न खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्टस एकेडेमी साँगाविरद्ध २-० को सहज जित निकाल्यो ।