जुडो

जुडो टोली काजकिस्तान जाँदै

काठमाडौं । काजकिस्तान बरिसी ग्रान्ड स्लाममा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली जुडो टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

प्रतियोगिता मे १० देखि १२ सम्म हुनेछ ।

पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगितामा मनीता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मनीता ओलम्पिक सोलिडारिटी छात्रवृत्ति प्राप्त खेलाडी भएको नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष श्रेष्ठले जनाएका छन् ।


प्रशिक्षकमा देबु थापा छिन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्(राखेप) सदस्यसचिव टंकलाल घिसिङले मंगलबार  बिदाइ गरे ।